FAQs Complain Problems

माडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय

Read More

आ.व. २०८०/०८० को नीति तथा कार्यक्रम

Read More

सार्वजनिक सुनुवाई कार्यक्रम २०७९

Read More

स्टाफ पिकनिक २०७७

Read More

नयाँ कर्मचारीलाई स्वागत

Read More

माडी अध्यक्ष कप तथा शैक्षिक मेला २०७६

Read More

माडी गाउँ पालिकाको संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लुम्बिनी प्रदेश  अन्तरगत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको माडी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनमोहक प्रसिद्ध माडी नदिको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र घर्तीगाउँँ मा रहेको छ ।  यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी २७ कि.मि. उत्तरी पश्चिम भागमा अवस्थिती रहेको छ । छ वटा वडाहरु रहेका ( घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ ) यस गाँउपालिकाको क्षेत्रफल १२९.०५ वर्ग कि.मि.  र जनसंख्या २३४६४ रहेको छ । साविकका ५ वटा गाँउ विकास समितिहरु मिलाइएर बनेको यस माडी गाँउपालिकाको पूर्वमा  रोल्पा नगरपालिका र पश्चिममा  गंगादेब गाउँपालिका, उत्तरमा परिवर्तन गाँउपालिका र दक्षिणमा त्रिवेणी गाउँपालिका, रोल्पा नगरपालिका रहेक छन ।

हावापानी  समुन्द्री सतह देखी करिव ९०० मिटर देखी २७०० मिटर सम्मको भौगोलिक उचाईमा अवस्थित यस माडी गाउँपालिकामा न्यानो समशितोषण हावापानी देखी ठण्डा समशितोषण सम्मको हावापानी पाईन्छ । बसोबास यस माडी गाउँपालिकामा प्राय जसो मगर समुदायको बाहुल्यता रहेको छ यस वाहेक क्षेत्री, गुरुङ दलित समुदायको पनि बसोवास रहेको छ ।   संस्कृती  मगर समुदायको वसोवासको वाहुल्यता भएता पनी अन्य जाति क्षेत्री दलित, गुरुङ आदी जातजातीको पनि बसोबास रहेको छ । यहाँको मानिसहरु मगर खाम भाषा वोल्ने, तथा मगर संस्कति रहन सहनलाई अपनाएको देखिन्छ ।   यस गाउँपालिकामा पर्ने पाँच वटा गा.वि.स. घर्तीगाउँ, ओत, तालावाङ, भावाङ र कोर्चावाङ समेतलाई मिलाएर अहिलेको माडी गाउँँपालिका निर्माण गरिएको हो । नव स्थापित यस गाउँँपालिकालाई प्रशासनिक दृष्टिकोणबाट ६ वटा वडामा विभाजन गरिएको छ ।

 

जन प्रतिनिधि

कर्मचारी

प्रशासन
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्कः
आवश्यक कागजातहरुः-

 १. सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि २. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ३. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ४. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि ५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो ६. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि (स्वयं उपस्थित हुनुपर्ने साथै ज्येष्ठ नागरिकको हकमा हरेक वर्षको श्रावण १ गते मंसिर १५ गते भित्र र अन्यको हकमा जुनसुकै बखत आवेदन गर्नसक्ने)

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष। वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय। सा.सु भत्ता बुझ्ने व्यक्तिकाे हकमा गा.पा काे कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

१. बसाई सरी आएकाको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित) । २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि । ३. मुलीको ना.प्र.पत्र । ४. घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज । ५. बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- गा.पा प्रमुख प्रशासकिय अधिकृत र राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१ सम्बन्धित व्यक्तिको निवेदन पत्र २.पासपोर्ट साइजको २ प्रति फोटो ३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ४.घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि ५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

 १. अनुसूुची अनुसारको निवेदन फाराम २. मृतकका नातेदारहरु (हकदारहरु) को ना.प्र.प.को प्रतिलिपि ३. मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि ४. वडाको किटानी सर्जमिन मुचुल्का ५. मृतकका नातेदारहरु (हकदारहरु)को फोटो २÷२ प्रति ६. मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ७. मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने

सेवा प्रकारः- नेपाली नागरीकता प्रमाणपत्र तथा अन्य सिफारीस
सेवा समयः- सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१. जन्म दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति । २ जन्म मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि। ३. हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति । ४. निवेदकको पिता÷माता÷विवाहित महिलाको लागि पतिको ना.प्र.प.को सक्कल र प्रतिलिपि १÷१ प्रति वा सनाखत गर्ने घर परिवारको अन्य व्यक्ति भएमा निजको ना.प्र. पत्रको प्रतिलिपि ५. विवाहित महिलाको हकमा, निजको बाबु वा माइती तर्फको एकाघरका व्यक्तिको ना.प्र.प.को प्रतिलिपि १ प्रति, जन्म दर्ता प्रमाण पत्र, विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि १÷१ प्रति ६. अन्य गा.पा. बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि १ प्रति र बसोबासको प्रमाणितहुने कागजातहरु । ७. निवेदकको पिता÷पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्र र नाताप्रमाणितको सक्कल र प्रतिलिपि १÷१ प्रति ८. कार्यालयले आवश्यकता अनुसार स्थलगत किटानी सर्जमिन मुचुल्का गर्न सक्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलायमा साेहि दिन भित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०० (३५ दिन भित्र आएमा निशुल्क)
आवश्यक कागजातहरुः-

१. पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम २. पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने ३. पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ४. पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ५. पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि । ६. पत्नीकोे पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकृया मिलाइ अायकाे खण्डमा
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू. १००(३५ दिन भित्र निशुल्क)
आवश्यक कागजातहरुः-

१. सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम २. सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ४. गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ५. अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १०० (३५ दिन भित्र आएमा निशुल्क)
आवश्यक कागजातहरुः-

 1. सुचकले भरी पेश गरेको जन्म दर्ता अन’स’ची फाराम २. सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. नवजात शिशुको बाबु र आमाको ना.प्र.पत्रको सक्कल र प्रतिलिपि ४. नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ५. गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ६. अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपी

जानकारी